काठमाडौं – काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक केहीबेरमा बस्दै छ । कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै गएकोले आगामी रणनीति कस्तो बनाउने भन्ने विषयमा छलफल हुँने बताइएको छ ।
बैठक अहिले ४ बजे बस्ने र कोरोना संक्रमणको बारेमा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर बैठकमा छलफल हुँने हुँनेछ । जारी निषेधाज्ञा एक हप्ता देखि १० दिन थप हुँन सक्ने स्रोतले बतायो ।
जारी निषेधाज्ञामा भीडभाड रोक्न अनुगमन संगै स्थानीय निकायको सहभागीतामा प्रचार प्रसार र जनचेतनाको कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी भएको छ ।
साथै कोरोनाको परीक्षण दायरा बढाउने विषयमा समेत बैठकमा छलफल हुँने छ । यस्तै अवस्थामा संक्रमणको दर बढ्दै गएमा निषेधाज्ञा कडा बनाइने संकेत प्रशासनले दिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बुधवार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।