काठमाडौँ – मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती , गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । पहाडी भू– भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बुधबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै अनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन ÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।