अनेरास्ववियु पाटन संयुक्त क्याम्पस कमिटीका अध्यक्ष सहित १० सदस्य रिहा

सर्वोच्च अदालतको फैसलाको बिरोध गर्दै निकालिएको जुलुसमा पक्राउ परेका अनेरास्ववियु पाटन संयुक्त क्याम्पस कमिटीका अध्यक्ष सहित ११ सदस्य रिहा भ​एका छ्न् । पक्राउ गरिएका विद्यार्थीहरुलाइ प्रहरीले करिब ३ घण्टा नियन्त्रणमा राखेको थियो ।

सर्वोच्च अदालतले क्षेत्राधिकार बाहिर गएर प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने आदेश दिएको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीले आज सोमबार प्रदर्शन गरेको थियो । सर्वोच्चले एकपक्षीय फैसला गरेको उनीहरूको मत छ​ ।

सर्वाेच्च अदालतले सोमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ​ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्