स्वास्थ्यकर्मीहरुलाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस् : प्रभाकर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत नेता प्रभाकरले जनताको जीवन रक्षा गर्ने डाक्टर र स्वास्थ्यकर्मीलाई कबुल गरेको जोखिम भत्ता तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । उनले भनेका छन्, ‘कोरोना महामारीमा जनताको जीवन रक्षा गर्ने डाक्टर र स्वास्थ्यकर्मीलाई कबुल गरेको जोखिम भत्ता तुरुन्त दिइयोस् ।’ सरकारले कोरोनाको महामारीमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । यद्दपी अहिले सम्म उक्त जोखिम भत्ता उपलब्ध हुन सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्