कैलालीको टीकापुर नगरपालिका–१ मुनुवारोडसँगै जोडिएका छन् दुई घर । पूर्वतर्फको घर हत्या आरोपित १५ वर्षीया शकुन्तला (नाम परिवर्तन) को हो भने पश्चिमतर्फको घर विवेक बिष्टको। केही दिनअघि साढे तीन वर्षका विवेकको हत्या भएको छ । विवेक हत्याको आरोप शकुन्तलामाथि लागेको छ ।
उनीहरूको घर जाने बाटो एउटै छ। दुवै परिवारबीच छिमेकीको मात्रै होइन, पारिवारिक सम्बन्ध पनि छ । शकुन्तला र विवेकका बाजे दुई भाइ हुन् । उनीहरूको परिवारबीच खासै ठूलो झैझगडा पनि छैन, थिएन ।
विवेकका बुबा दिलीपलाई दुई परिवारबीच ठूलै झगडा भएको सम्झना छैन।‘त्यस्तो ठूलै झैझगडा छैन, थिएन’, उनले भने, ‘नजिकै बस्दा सामान्य भनाभन हुने कुरा त हुन्छ नै। त्यस्तो कहिलेकाहीं हुन्थ्यो ।’
यो समाचार आजको नागरिक दैनिकमा छ ।