महिला सैनिक खटिए शव व्यवस्थापनमा

File Photo

काठमाडौँ – नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमबाट जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका बागचौर नगरपालिका ७ का ६८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको छ ।
सल्यानमा अवस्थित सबुज गणमा कार्यरत सहसेनानी श्वेता पौडेलका नेतृत्वमा शव व्यवस्थापनमा महिला सैनिक टोलि खटिनु भएको हो । जिल्लामा सङ्क्रमित मृतकका शव व्यवस्थापनमा पहिलो पटक महिला सैनिक खटिएको गणले जनाएको छ ।

गणपति कञ्चनकृष्ण बस्नेतले सैनिक नियम अनुसार शव व्यवस्थापनमा तालिम दिएर महिला सैनिक परिचालन गरेको जानकारी दिनुभयो । सोही गणले शारदा नगरपालिकाको आर्थिक सहयोगमा २५ श्ययाको आइसोलेशन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्