पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, हालसम्मकै सबैभन्दा बढी मृत्यु

काठमाडौं –  नेपालमा चौबीस घण्टाभित्र कोरोनाभाइरसबाट हालसम्मकै सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ । कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । यसअघि सबैभन्दा बढी २२५ जना सङ्क्रमितको मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९८९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्