नेप्सेको सिस्टममा प्राविधिक समस्या, निफ्रा शतप्रतिशत घट्दा नेप्से ८८ अंक घट्यो

फागुन १२ गते बुधबार नेप्सेको सिस्टममा समस्या देखिएको छ। प्राविधिक समस्याका कारण नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १०० प्रतिशत घटेको देखिएको छ ।
२० करोड कित्ता शेयर सूचीकृत भएको सो बैंकको शेयरमूल्य ५९४ रुपैयाँ घट्दा समग्र नेप्से नै घटेको छ । टिएमएस अनुसार यस समाचार तयार पार्दासम्ममा नेप्से ८८.४४ अंक घटेको देखिएको छ । अहिले निफ्राको शेयर मूल्य शुन्य भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्