शैल्यशिखर नगरपालिकाम पञ्जिकरण सम्बन्धी कार्य अनलाइनबाटै

दार्चुला–शैल्यशिखर नगरपालिकामा नवीनतम प्रविधि प्रयोग गरेर सेवा प्रवाह गर्न थालिएको छ । पछिल्लो सयम विभिन्न सेवा प्रवाह गर्ने कार्य तथा अन्य सरकारी कामकाजहरु अनलाइन माध्यमबाट गर्ने कार्य बढी रहेका बेला शैल्यशिखर नगरपालिकामा पनि उक्त प्रविधिमा जोड दिएर दैनिक सेवा प्रवाहलाई अगाडी बढाएको नगर प्रमुख अमरसिंह धामीले बताए ।
सेवाग्राहीहरुलाई छिटो–छरितो सेवा दिने उद्देश्यले नगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा पञ्जिकरण सम्बन्धी कार्य अनलाइनबाटै गर्न लागेको हो । शैल्यशिखर नगरपालिकाले प्रत्येक वडामा व्यक्तिगत घटना दर्ता कार्य अनलाइन माध्यमबाट गर्न थालेका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए ।

नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको योजना अनुरुप नगरपालिकाले सबै वडामा व्यक्तिगत घटना दर्ता अनलाइन प्रणालीबाट गर्ने कार्य सुरु गरेको छ । नगरपालिकाका वडा नम्बर ५ र ६ मा पहिलो पटक व्यक्तिगत घटना दर्ता कार्य अनलाइन प्रणालीबाट गर्न थालिएको छ । बुधबार पहिलो पटक दुई ओटा वडा कार्यालयमा अनलाइन प्रणालीको उद्घाटन नगर प्रमुख अमरसिंह धामीले गरेका छन् । वडा नम्बर ५ का कौशल डाँगाको जन्मदर्ता अनलाइन प्रणालीबाट दर्ता गरिएको हो ।

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजनाको एमआईएस प्रणाली सम्बन्धी तीन दिने तालिम समेत समापन गरिएको छ । वडा सचिवहरलाई एमआइएस प्रणाली सम्बन्धी तालिम दिई व्यक्तिगत घटना दर्ता अनलाइनबाट गर्न थालिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्