काठमाडौं – माधव कुमार नेपालको अध्यक्षतामा नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ ।
सोमबार पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि मुम्बई गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो । यो समूहको पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्ड र माधव नेपाल आलोपालो अध्यक्ष हुने निर्णय गरेको थियो ।
सोमबारको बैठकले संसद पुनर्स्थापनाबारे हुने संघर्षकै कार्यक्रमबारे छलफल गर्ने कार्यसूची छ । पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँटबारे मापदण्ड बनाउन माधव नेपालकै संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलले पाँच दिनभित्र मापदण्ड सिफारिस गर्नेछ ।