हाम्रो राजनितिक संस्कार र चिन्तन विकास र समृद्धिको बाधक बन्यो : नगर प्रमुख ओझा

डडेल्धुरा – अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले यो मुलुकको विकास र समृध्दिको वाधक राजनितिक संस्कार र चिन्तन भएको वताउनु भएको छ । राजनिति नै देश नीति विकासनिति र सामाजिक परिवर्तनको दियो वन्नु पर्नेमा समाजमा रोपिएको दोसारोपणको सस्कृति हावी हुनु नै समस्याको जड भएको वताउनु भया े। उहाँले भन्नूभयो, ‘राजनितिक दलहरुमा एकले अर्काको उछितो काट्ने र जनतालाई रनभुल्लमा पार्न खोज्दा समाजले सकारात्मक विकास र अग्रगति लिन सकेको छैन ।’ उहाँले राजनितिक प्रभावले नै हरेक विकास निर्माणका योजना प्रभावित भईरहेकाले जनताको जिवनमा व्यवस्था फेरिए पनि उल्लेख्य सुधार हुन नसकेको वताउनुभयो ।

अब जनता एक अर्का प्रति हिलो छ्याप्ने राजनितिक संस्कार वाट आजित भएका कारण नेताका भाषण सुन्न कम जाने गरेको उहाँको भनाई छ । विकास र समृध्दिको सपना बोकेर निस्वार्थ मतदान गर्नुहुने जनताहरुका सपना माथि वज्रप्रहार गर्दै विकास भए फलानो राजनितिक दल फलानो नेता लोकप्रिय हुन्छ, जनताको मन मस्तिस्कमा वस्छ र अर्काे पटक हाम्रो षडयन्त्र सफल हुदैन भन्ने कुसित मानसिकता वाट विभिन्न वाधा व्यवधान खडा गर्दै विकास रोक्ने काम गरिरहेको देखिनु दुखद भएको वताउनुभयो ।

जनताको परिवर्तन प्रतिको तिव्र आकांक्षा र विकासको सपनामा पक्ष विपक्ष नभनि हातेमालो गर्दै सहकार्यको संस्कृतिको विकास हुन सके जन अपेक्षा पनि छिट्टै पूरा हुन सक्ने उहाँले वताउनुभयो ।

 एक फरक प्रसंगमा नगर प्रमुख ओझाले अहिले अमरगढी नगरपालिकामा भईरहेका विकास निर्माणका पुर्वाधार पूरा हुन सके छिट्टै विकसित नगरपालिकाको दाँजोमा पुर्याउन सकिने वताउनुभयो । पछिल्लो समय अमरगढी नगरपालिकामा जनताले महसुस गर्ने गरि देखिने र दिर्घकालिन प्रभाव पार्ने गरि पुर्वाधार विकासले गति लिईरहेको छ । विभिन्न ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक संरचनाको विकास मार्फत पर्यटन प्रवर्ध्दनमा समेत अमरगढीले फड्को मारिरहेको छ भने सडक सन्जाल, खानेपानि, सिचाई, शैक्षिक क्षेत्रको सुधार, स्वास्थ्य सेवाको प्रभावकारि सुधार, कृषिमा विभिन्न प्रवर्दनात्मक कार्य हरु उत्पादनमुलक र रोजगारिका अवसरको सुरुवात गर्दै दिर्घकालिन रणनितिक विकास योजना कार्यान्वयनमा अमरगढी अग्रसर भईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्