७ मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरुमा कृषि मन्त्री घनश्याम भुषाल र पर्यटन मन्त्री योगेश भटराईसहित उर्जामन्त्री वर्षमान पुन, वन मन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर रहेका छन् । आजै प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका थिए भने त्यसलाई राष्ट्रपति विद्या भण्डारीले स्वीकृति गरिसकेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्