संसद विघटनबारे छलफल गर्न नेकपा सांसदहरु सिंहदरबारमा, आजका लागि बोलाइएको नेकपा बैठक अन्योलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् ।

संसद विघटन र मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री ओलीको प्रस्तावपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् । आजका लागि बोलाइएको नेकपा बैठक अन्यौलमा परेको छ । गत पुस १ गते बसेको नेकपा स्थायी समिति बैठकले पुस ५ गते अर्को बैठक बस्ने मिति निर्धारण गरेको थियो । ५ वर्षे कार्यकाल रहेको संसद् संविधानविपरित विघटनको प्रस्ताव गरेपछि अहिले नेकपाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक राखेर संसद विघटन सिफारिस गरेलगत्तै नेकपा सांसदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्