काठमाडौंमा कोरोना नियन्त्रण थप चुनौतीपूर्ण – सरकार

काठमाडौं – सरकारले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना नियन्त्रण थप चुनौतीपूर्ण भएको बताएको छ ।

कोरोना संक्रमण काठमाडौंमा बढ्दै गएको बताउँदै सरकारको नियमित प्रेस ब्रिफिङमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणलाई हल्का नलिन आग्रह गरे । ‘१० लाख ५० हजारको ज्यान लिने रोग सामान्य होइन, सतर्कतालाई कमी गर्नु हुँदैन,’ उनले भने ।

ज्ञवालीले हरेक राजनीतिक परिवर्तनमा काठमाडौंले दृष्टान्त प्रस्तुत गरेको उल्लेख गर्दै महामारी नियत्रणमा पछाडि परेको बताए । उनले देशभित्रकै केही जिल्लाहरुले नमूना प्रस्तुत गरेकाले त्यसलाई असल अभ्यासकोरुपमा अबलम्बन गर्नुपर्नेमा जोड दिए । बाँकेको नरैनापुर, कपिलवस्तु, वीरगन्ज, उदयपुर जस्ता हटस्पट भएका जिल्लाका असल अभ्यासलाई लागू गर्न जरुरी रहेको उनले बताए ।

मन्त्री ज्ञवालीले सरकारले क्रिटिकल केयरका लागि भेन्टिलेटर, आईसीयूको क्षमता वृद्धि गर्दै गरेको उल्लेख गर्दै स्थिति जटिल बनाउन नदिन सबै नागरिकको सचेत साथ र सहयोगको अपेक्षा गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्