व्यास गाउँपालिकालाई समृद्ध वनाउन मुख्यमन्त्रीसँग छलफल, यी एजेण्डामा छलफल भयो

गणेशसिँह धामी, दार्चुला

ब्यास गाउँपालिकाको समग्र बिकासको बारेमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टसँग छलफल भएको छ ।
सुदुरपश्चिम प्रदेशकै सबैभन्दा बढी प्राकृतिक, साँस्कृतिक, ब्यापारीक, पर्यटकीय, बहुमुल्य जडिबुटीको सम्भावना बोकेको त्रीदेशिय सिमा नाकामा अवस्थित समारिक महत्व बोकेको ब्यास गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन विभिन्न एजेन्डामा केन्द्रीत भएर छलफल गरिएको छ ।
जसमा चीनसँग सिमाना जोडिएको तिङकर भञ्ज्याङलाई औपचारिक रूपमा सुचारु गरि सितापुलमा भन्सारको स्थापना गर्ने बिषयमा छलफल गरिएको छ भने लामो समय देखि बन्द रहेको ब्यासको सिमा प्रशासन कार्यालय सुचारु गर्न संघीइ सरकारसँग पहल गर्न र ब्यासमा अध्यागमनको कार्यालय स्थापना गर्न सरकारसँग समन्वय गर्ने विषयमा छलफल भएको छ ।
यसैगरी ब्यास १ छाङरु तिङकर क्षेत्रमा ५ करो को विशेष प्याकेज कार्यक्रम संचालन पछी अन्य वडाको बिकास र जनताको जिवनस्तर उकास्न अन्य वडाको लागी पनि विशेष प्याकेजको कार्यक्रम ल्याउन सुदुरपश्चिम प्रदेश सरकार लाई आग्रह गरिएको छ भने ब्यासमा खाद्यान्न संकट आउन नदिन ब्यासमा सुपत मुल्यको घुम्ती पसल संचालन र ब्यास मै उत्पादन हुने कोदो मकै फापर जौ आलु अन्य फलफूल तरकारी बाट विभिन्न किसिममा खाद्य परिकार निर्माण गर्ने उद्योग खोल्ने बिषयमा पनि छलफल गरिएको छ ।
यस्तै तिमुरबाटा देखि खेती तुसराडी हुदै ब्यास छोड्ने सडक निर्माण का बिषयमा पनि छलफल गरिएको व्याँस गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्