दुई महिनासम्म पनि मर्मत भएन दार्चुलाको डुङरी पावर हाउस

गणेश सिंह धामी,  दार्चुला

दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मा रहेको डुङरी जल विद्युत आयोजना बन्द भएको २ महिना बिती सक्दा सम्म पनि मर्मतको कुनै संकेत देखिएको छैन ।

डुङरी बैकल्पीक विद्युत गृहमा गत साउन महिनाको ५ गते बाढि पसेपछि विद्युत्त सेवा पुर्ण रुपमा बन्द भएको थियो । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जोडिनु अघि दार्चुला सदरमुकाम खलंगा र आसपासका क्षेत्रमा डुङरी जलविद्युत योजनाबाट विद्युत्त सेवा दिइएको थियो ।
बाढीले जलविद्युत्तको पावर हाउसमा रहेका उपकरणहरुमा क्षती भएको छ । उक्त जलविद्युत्त आयोजनाको क्षमता २ सय किलोवाट रहेको छ । विधुत गृहभित्र झण्डै ३ फिट जति बालुवागिट्टी भरिएर सुचारु गर्नका लागि बेलाबेला आवाज उठाउँदा पनि मर्मत नगरेको स्थानीय बताउछन ।

उक्त पावर हाउस का उपकरणहरु पनि बिग्रीसकेका स्थानीय हरुले उपहार सङ्ग गुनासो पोखेका छन। कुनै २०४३ सालमा निर्माण गरिएको उक्त जलविद्युत्त आयोजनामा झण्डै ५० लाख भन्दा माथीको क्षेति भएको हुन सक्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्