सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि, उपत्यकामा १ हजार ५३१

काठमाडौँ – नेपालमा सोमबार थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा २ हजार ४ सय ४० जनामा कोरोना पुष्टि भएको बताए ।
यस्तै उपत्यकामा १ हजार ५ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँका १ हजार १ सय ७८ जना, भक्तपुरमा १ सय ३ जना र ललितपुरमा २ सय ५० जना रहेका छन् । अझै २३ हजार ६ सय ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । आज १ हजार १ सय ३३ जना डिस्चार्ज भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्