शुक्रबार अहिलेसम्मकै सर्वाधिक २ हजार ७२२ जनामा कोरोना संक्रमण, काठमाडौँमा १६ सय ३८ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा वितेको २४ घण्टामा अहिले सम्मकै सर्वाधिक २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार ७२२ जनामा कोरोना पुष्टि भएको बताए । डा. गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्