काठमाडौँ – मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा हालसम्म ३०७ को ज्यान गइसकेको छ । मनसुन सकिने बेलामा पुनः लगातार परेको वर्षाले अझै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलले मनसुन अझै सक्रिय रहेकाले बाढी र पहिरोबाट हुनसक्ने जोखिम अझै टरिनसकेको बताए ।
त्यसैगरी १३१ घर परिवार विस्थापित भएका छन् । त्यस्तै कालीकोट–३९, बागलुङ–३३, म्याग्दी–२९, पर्वत–१०, तनहुँ–१३, कास्की–११, जाजरकोट–११, गुल्मी–१०, बझाङ–नौ, अछाम–नौ, दार्चुला–सात, धादिङ, स्याङ्जा, पाल्पा, रुकुम पश्चिममा पाँच–पाँच, लमजुङ चार, गोरखा र काठमाडौँमा तीन–तीन, बैतडी, सुर्खेत, दैलेख, दाङ, रोल्पा, झापा र ताप्लेजुङमा दुई–दुईको मृत्यु भएको छ । मोरङ, सुनसरी, मकवानपुर, सल्यान र मुस्ताङमा एक–एकको मृत्यु भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।