पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै ६७४ संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६५ हजार २७६ जना पुगेको जनाएको छ।

पछिल्लो चौबीस घण्टामा एक हजार पाँचजना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ४७ हजार २३८ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२  प्रतिशत पुगेकाे छ । हाल १७ हजार ६११ जनामा सङ्क्रमण सक्रिय रहेको छ । आइसोलेसनमा कुल १७ हजार ६११ पुगेको छ । क्वारेन्टिनमा सात हजार ४०३ जना छन् ।

१६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ४२७  पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्