भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको प्रधानमन्त्रीको ठोकुवा, मास्टर प्लान बनाउन निर्देशन

File Photo

भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले ‘रामको जन्भभूमि अयोध्यापुरी नै भएकोले त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर अघि बढ्न बताएका छन् ।
प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्नसमेत सुझाएका छन् । नगरसभामा सहमति जुट्छ भने नाम पनि फेर्न सुझाव दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्