काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ ।
५३ जनाको स्वाब परीक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।