सिरहामा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित क्षेत्र भोलीबाट पुन लकडाउन गरिने

मुकेश यादव, सिरहा

सिरहामा समुदाय स्तरमै कोरोना संक्रमण पुष्टि हुन थालेपछि सम्भावित क्षेत्रहरुमा लकडाउन गरिने निर्णय गरिएको छ । मिर्चैया नगरपालिकामा ३ जना र गोलबजार नपामा १ जना कोरोना संक्रमण पुस्टि भएलगत्तै जोखिम रहेको क्षेत्रमा कन्टयाक्ट ट्रेसिंङ्गको काम सुरु गरिए संगै भोलिबाट बिहान ६ बजे देखि ३२ गते सम्म १० दिनको लागि लकडाउन गरिएको छ । अहिले कन्टयाक्ट ट्रयासिँग गरी उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी सबै जनाको स्वाब सँकलन गरी परीक्षण गरिने मिर्चैया नगर प्रमुख श्रबण यादवले बताए । स्वास्थ्य शाखा, प्रशासन सम्मलित टोलीले कन्टयाक्ट ट्रयासिँगको कार्य सुरु गर्ने यादवले बताए ।
कन्टयाक्ट ट्रयासिँगपछि सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र अवस्था हेरि उक्त क्षेत्रलाई सील गर्ने तयारी समेत गरेको नगर प्रमुख यादबले बताए । अहिले शसस्त्र प्रहरी र नेपाल प्रहरीले कडा निगरानी राखेको र उक्त निर्णय जिल्ला बिपत ब्यब्स्थापन समितिको सल्लाह अनुरुप गरीएको बताएका छ्न ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्