स्वास्थ्य मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत एक डाक्टरको परिवारलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डाक्टरको श्रीमती, छोरा र ससुरालाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

डाक्टरमा भने सङ्क्रमण नभएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । सहप्रवक्ता अधिकारीले केही सञ्चारमाध्यममा डाक्टरलाई नै सङ्क्रमण भएको हल्ला फैलिएकोले त्यसको पछि नलाग्न आग्रह गर्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘केही दिन अघि उहाँ (डाक्टरसाब) वीरगञ्ज जानु भएको थियो, उहाँसहित परिवार अहिले काठमाण्डौ फर्किएको छ । परिवारका तीन सदस्यको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ तर उहाँको रिपोर्ट भने नेगेटिभ आएको छ ।’डाक्टर केही दिनदेखि बिदामा रहेको र स्वास्थ्य मन्त्रालयमा हाजिर नभएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्