शुक्लाफाँटा नगरपालिकामा हुलिएका छाडा चौपायाहरु मर्न थाले

मुकेशप्रसाद जोशी, कञ्चनपुर
शुक्लाफाँटा नगरपालिकामा हुलिएका छाडा चौपायाहरु मर्न थालेका छन् । नगरपालिकाको गैरजिम्मेवारीका कारणले छाडा चौपायाहरु अलपत्र छोडिएका छन् । सोमबार साँझबाट नगरपालिकाको कम्पाउण्डमा छाडा पशु चौपाया थुनिएपछि पशु चौपायाहरु अलपत्र परेका हुन् । गर्मी र वर्षाका कारण गाईहरु मर्न थालेका छन् ।
नगरपालिकाले स्याहारसुसार र आहाराको व्यवस्थापन गर्न नसकेको कारणले छाडा पशु चौपायाहरु अलपत्र अवस्थामा छन । नेकपा जिल्ला कमिटी सदस्य दीपक भट्ट र नगर विकास समिति का अध्यक्ष जीवन धामी र स्थानीय युवाहरु तथा महिला दिदीबैनी को सहयोग ले मंगलबार राष्ट्रिय निकुञ्ज अर्जुनीबाट हरियो घास खुवाएको थियो ।
वडा नम्बर ८ मा २०७५ सालबाट व्यवस्थापन गर्दै आएका १ सय ५० छाडा गाईगोरु सोमबार स्थानीयले नगरपालिकाको परिसरमा हुलेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्