काठमाडौं – मंगलबार विहान प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो धातुमध्ये आधा किलोमात्र सुन भएको खुलेको छ । अरु साढे १४ किलो चाँदी भएको प्रहरीले बताएको छ ।
कमलपोखरीमा प्रहरीले चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको गाडी पिछा गर्दा फालेको झोलामा १५ किलो पहेँलो धातु भेटिएको थियो ।
ती धातुलाई नेपाल रत्न तथा आभूषण संघमा परीक्षण गर्दा आधा किलो मात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालले जानकारी दिए ।
उक्त धातुसहितको झोलामा दुईवटा पेस्तोल पनि भेटिएको थियो । तर गाडी धनी र सुनचाँदी मालिक को हो भन्ने खुलेको छैन ।