सिंगै व्यवस्था र राज्य प्रणालीमाथि प्रश्न उठ्ने गरी न्यायालयबाट किन निर्णय गरिँदैछ : नेकपा प्रवक्ता श्रेष्ठ

File Photo

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सिंगै व्यवस्था र राज्य प्रणालीमाथि प्रश्न उठ्ने गरी न्यायालयबाट किन निर्णय गरिँदैछ भन्ने प्रश्न गरेका छन् ।

श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई कैद छुट भएकोलगायत विषयमा श्रेष्ठले असन्तुष्टि जनाएका हुन् ।

आइतबार उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘के हुदैछ यस्तो? न्यायालय र सिङ्गै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिँदैछ?’ भन्ने प्रश्न गरेका हुन्।

चितवनमा चेपाङका घरमा आगलागी गर्ने र दलित भएकै आधारमा पश्चिम रूकुममा बर्बर सामुहिक हत्या किन गरिन्छ भन्ने प्रश्न गर्दै श्रेष्ठले यस्ता घटनाको हद भएको र असैह्य भएको उल्लेख गरेका छन् ।

साथै उनले बास र छाक टार्ने समस्याबाट पीडित गरिब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अंगबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ भन्ने प्रश्न पनि गरेका छन् । चितवनमा सेनाको कुटाइबाट एक युवकको मृत्यु भएको थियो ।

श्रेष्ठले थपेका छन्, ‘कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ? हद भयो, असह्य भयो।’

उनले न्याय स्थापित हुनुपर्ने र दोषीमाथि कारवाही हुनुपर्ने बताएका छन् ।

‘यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अंगहरूको लोकतन्त्रअनुरूप पुनर्संरचना गरी लोकतन्त्रलाई व्यवहारतस् अभ्यास गरौं र विकास गरौं। अन्यथा निरासा, आक्रोश, अनिश्चय र तरलताको परिणाम के होला? समयमै सबैले सोचौं। परिणाम सधैँ सकारात्मक नै हुन्छ भन्न सकिन्न,’ उनले भनेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्