प्रदेश नम्बर २ का विभिन्न स्थानीय तहमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । प्रमुख माथि विभिन्न आरोप लगाउँदै स्थानीयहरुले तालाबन्दी गरेका हुन् ।
धनुषाको धनुषाधामका नगर प्रमुख बालेश्वर मण्डलले अनियमितताकै लागि अनावश्यकरुपमा विकास निर्माणको नाममा उपभोक्ता समितिको नाममा रकम हिनामिना गर्न खोजेको आरोप स्थानीयवासीले लगाउँदै तालाबन्दी गरेका छन् । यस्तै महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टीका स्थानीय नेताहरुले २० बुँदे माग पत्रअघि सार्दै केही समयका लागि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
विकास निर्माणको नाममा जथाभावीरुपमा बाँध निर्माणका लागि उपभोक्ता समितिसंग मिलेर रकमको चलखेल गरेको भन्दै स्थानीयले असन्तुष्टी जनाउँदै नगरपालिकामा ताला लगाएका छन् ।
त्यस्तै महोत्तरीको पिपरा गाउँपालिकामा डीपीआर सम्पन्न भएको योजना र योजनामा समावेश भएको मिति, कार्य सम्पन्न मिति तथा प्रतिवेदनको प्रतिलिपी सार्वजनिक गर्न माग गर्दै एक महिनाअघि बुझाएको ज्ञापन पत्रबारे गाउँपालिका अध्यक्षले कुनै सुनुवाइ नगरेको भन्दै जसपा कार्यकर्ताहरूले गाउँपालिका कार्यालयको मूलगेटमै तालाबन्दी गरेका हुन् ।
साङ्केतिक तस्बिर