काठमाडौँ – नेपालमा शुक्रबार थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ सय ३३ जनामा कोरोना पुष्टि भएको बताए । यससँगै नेपालमा कोरोना सक्रिय रहने संख्या ५ हजार ३ सय ८३ छ ।
कोरोना सक्रिय हुनेको संख्या प्रदेश नं. १ मा १ सय ४६ जना, प्रदेश नं. २ मा १ हजार ९ सय १, बागमती प्रदेशमा ४ सय ३९ जना, गण्डकी प्रदेशमा ३ सय ३१ जना, प्रदेश नं. ५ मा ३ सय ५४ जना, कर्णाली प्रदेशमा ३ सय १५ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय ९७ जना रहेका छन ।