बिहिबार थप एक सय ४७ जनामा कोरोना पुष्टि, १ सय ५६ जना डिस्चार्ज

काठमाडाैँ – नेपालमा बिहिबार थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा एक सय ४७ जनामा कोरोना पुष्टि भएको बताए ।

यसैगरी बिहिबार १ सय ५६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेकाे संख्या १२ हजार ८ सय ४० पुगेकाे छ । बिहिबार ३ हजार ४ सय ८१ जनाको पीसीआर परिक्षण गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्