आज यी नदीहरुमा बहाव बढ्ने, आगामी तीन दिनसम्मकाे अपडेट

फाइल

बिहीबार बिहानको मापनअनुसार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, नारायणी र यसका सहायक नदीमा भने बाहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको महाशाखाको भनाइ छ । कालीगण्डकीमा बहाव सतर्कता आसपास रहेको छ ।

आज नारायणी र यसका केहि सहायक नदीमा बहाव केहि बढ्ने तथा अन्य सबै प्रमुख र मझौला नदीमा बहाव केहि घटबढ हुने महाशाखाको पूर्वानुमान छ । आज र भोलि कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती, बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना न्यून रहको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्