नेपालमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु

File Photo
File Photo

नेपालमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पतालका निमित्त प्रशासन प्रमुख माधव प्रसाद घिमिरेले मङ्गलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी उहाँको आज बिहान छ बजेर १५ मिनेटमा मृत्यु भएको हो । पोखरामा बस्दैआउनुभएको उहाँको स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँको स्वाब परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको थियो ।
अस्पताल प्रशासनका निमित्त प्रमुख माधवप्रसाद घिमिरेका अनुसार मृतक चिनियाँ नागरिकको शव व्यवस्थापनको कार्य भइरहेको छ । उहाँले भन्नुभयो, “मङ्गलबार त्रिवि अस्पताल भर्ना हुनुभएकी उहाँ एक्युट कोरोनरी सिन्ड्रम विथ सेग्मेन्ट एलिभेशनबाट पीडित हुनुहुन्थ्यो ।”
सम्बन्धित निकायबाट तीनदेखि चार दिन लाग्ने हुनाले तत्कालका लागि शवलाई अस्पतालमै व्यवस्थित गरेर राखिएको घिमिरेले प्रष्ट्याउनुभयो । नेपालमा हालसम्म कोभिड–१९ बाट ४१ जनाको मृत्यु भएको छ । आज त्रिवि अस्पतालमा मृत्यु भएका चिनियाँ नागरिक भने कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने पहिलो विदेशी नागरिक हुनुहुन्छ ।

 

गाेरखापत्र

सांकेतिक तस्बिर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्