काठमाडौं– नेपाल राष्ट्र बैंकले साउन ७ गतेबाट चलनचल्तीमा ल्याएको हजार रुपैयाँको नयाँ नोटमा राम र लक्ष्मणको चित्र राखेको छ । बैंकले राम र लक्ष्मणका रुपमा चिनिने दुर्लभ जुम्ल्याहा हात्तीको चित्र राखेर हजारको नयाँ नोट प्रचलनमा ल्याएको हो ।
पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ति हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् ।
तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाईको कार्य भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ । राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय माताहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो ।