काठमाडौं – प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भने बैठकमा अनुपस्थित भएका हुन् ।
प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक सुरु भएको थियो ।
नेकपाभित्रको विवादका कारण यसअघि पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै आएको छ । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।
यसैबीच नेकपाको बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
बैठकले सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।
बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको छ ।