कैलाली – सुदूरपश्चिमका ३ मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका तीन बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
सेनाको बम डिस्पोजल टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र प्रदेश सभा भवन नजिक फेला परेका २ वटा कुकर बम डिस्पोज गरेको हो ।
ती बम नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले राखेको हुनसक्ने अनुमान गरिएको छ । हाल त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आज विप्लब नेतृत्वको नेकपाले सुदूरपश्चिम बन्दको घोषणा गरेको छ । उसले आफ्ना सुदूरपश्चिम प्रदेश इन्चार्जसहित दर्जनौं कार्यकर्तालाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै रिहाइको माग सहित बन्द आव्हान गरेको हो ।