कैलाली – सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक राखिएको बम डिस्पोज गरिएको छ ।
नेपाली सेनाको टोलीले अर्थ मन्त्रालय अगाडी भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।
यस्तै अन्य स्थानमा भेटिएका शंकास्पद वस्तु समेत निष्क्रीय पार्ने काम भईरहेको प्रहरीले जनाएको छ ।