काठमाडौंमा पहिरोमा परि एक युवकको मृत्यु

File Photo

काठमाडौं – काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । ‘सँगै हिँडिरहेका वेला उनी खोल्सातिर गएछन्’, गजुरेलले अनलाइनखबरसँग भने, ‘त्यति नै वेला माथिबाट पहिरो आएर थिचेछ । कराएपछि अरु पुगेर १० मिनेटमै निकालेछन् यद्यपि, ज्यान जोगिएन ।’

नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएका छन् ।

 

FILE PHOTO

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्