नेत्रविक्रम चन्द समूहका रोल्पा इन्चार्ज थापा पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द समूहका रोल्पा इन्चार्ज कमल थापालाई पक्राउ गरेको छ । उक्त समूहका राप्ती ब्यूरो सदस्य समेत रहेका थापालाई प्रहरीले शुक्रबार उनकै घर गजुलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चन्दा संकलन, बम विस्फोट र टेलिफोन टावरमाथि आक्रमण गरेको अभियोग लागेका थापालाई उनको घर पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिकाको गजुलबाट पक्राउ गरी सदरमुकामस्थित प्रहरी हिरासतमा ल्याइएको हो । शुक्रबार सदरमुकाममा ल्याइएका उनी विरुद्ध शनिबारदेखि प्रहरीले मुचुल्का तयार पार्न थालेको हो ।
थापाको पक्राउपछि उक्त समूहका राप्ती ब्यूरो इन्चार्ज समरले विज्ञप्ती जारी गर्दै विरोध र रिहाइको माग गरेका छन् ।
प्रहरीका अनुसार थापालाई आइतबार रोल्पा अदालतमा उपस्थित गराउने तयारी भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्