काठमाडाैँ – नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ सय १ जनामा कोरोना पुष्टि भएको बताए । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १७ हजार ४ सय ४६ पुगेको छ । यस्तै अहिलेसम्म कोरोना सक्रिय रहेको संख्या ५ हजार ८ सय ७१ रहेको छ । जसमा आज संक्रमित हुनेको संख्या प्रदेश नं. १ मा ३ जना, प्रदेश नं. २ मा २४ जना, बागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश नं. ५ मा १ जना, कर्णाली प्रदेशमा ४० जना र सुदूरपश्चिम प्रदेशमा २ जना रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै शुक्रबार २ सय ८५ जनाले कोरोना जितेका छन । अहिलेसम्म निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ । यो कुल संक्रमितको ६६ दशमलव १२ प्रतिशत हो ।