काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले ऋणको ब्याज तथा किस्ता तिर्ने समय अवधि थप गरेको छ । कोभिड–१९ तथा कोरोना भाइरसका कारण देशमा भएको लकडाउनका कारण ब्यापार व्यवसाय ठप्प हुँदा आम्दानी गुमेपछि ऋण तिर्न नसकेका ऋणीलाई राष्ट्र बैङ्कले राहत दिएको हो ।
मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार अब कोराना प्रभावित उद्योगले १ वर्ष (२०७७÷७८ असार मसान्तसम्म) र साना ऋणीलाई ६ महिना समय थप भएको छ । उनीहरुले पुस मसान्तसम्म बुझाउन पाउनेछन् । विभिन्न निकायले ऋण तिर्ने समयावधि पर धकेल्न माग गर्दै आएका थिए ।
यसैगरी उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।