मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता

सुशील सुवेदी, सिन्धुपाल्चाेक

मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा सुरुङको गेट फुट्दा २ जना बेपत्ता भएका छन् ।

आज दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्याहाँ कार्यरत कर्मचारी युबराज गिरीले जानकारी दिए ।

गेट फुटेपनि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ ।थप बिवरण आउन बाँकी छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्