सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ७ जनामा कोरोना पुष्टि, कुन स्थानीय तहका कति ?

सुदूरपश्चिम प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संक्रमण हुनेमा साँफेबगर नगरपालिका वडा नं. ११ का एक महिला र एक पुरुष गरि दुई जनामा कोरोना पुष्टि भएको छ । यस्तै कैलालीकै लम्कीचुहा नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जना, टीकापुर नगरपालिका १ पुरुष तथा गौरीगंगा नगरपालिकाका १ महिला रहेका छन् । यस्तै कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका वडा नं. ४ का १ पुरुष गरी जम्मा ७ जनामा कोरोना पुष्टि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्