कञ्चनपुर क्षेत्र नं. २ मा खर र फुसका छाना भएका ७६१ घर प्रतिस्थापन गरिने

कञ्चनपुर–खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने सरकारको लक्ष्य अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ अन्र्तगतका ७ सय ६१ घर छनोट भएका छन । शहरी विकास तथा भवन निर्माण विभागको सुरक्षित नागरिक आवास कार्यक्रम अन्र्तगत क्षेत्र नं. २ मा पर्ने ३ वटा स्थानीय तहका लागि जम्मा ७ सय ६१ घर छनोट भएका हुन् ।
क्षेत्र नं. २ का प्रतिनिधि सभा सांसद नरबहादुर धामीलाई पत्र लेख्दै शहरी विकास तथा भवन निर्माण विभागले कृष्णपुर नगरपालिकाका २ सय ६३ घरधुरी, शुक्लाफाँटा नगरपालिकाका २ सय ४६ घर र बेदकोट नगरपालिकाका २ सय ५२ घरधुरी उक्त कार्यक्रम अन्र्तगत छनोट भएको उल्लेख गरेको छ ।
मन्त्रालयले आर्थिक बर्ष २०७७/७८ को बजेट वक्तव्यको बुदाँ नं. २१९ मा नागरिकको सुरक्षित आवासको हक सुनिश्चित गर्न ३ बर्ष भित्र सबै खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने गरी आगामी बर्ष थप १ लाख सुरक्षित आवास निर्माण गर्न बजेट व्यवस्था भएको र साथै सुर्खेत, बर्दिया, दाङ लगायतका जिल्लमा बाढी पहिरोमा परी घरवार गुमाएका परिवारका लागि यो कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था भए अनुरुप १ सय ६५ वटा निर्वाचन क्षेत्र, ७ सय ५३ वटा स्थानीय तहमा १ लाख ५० हजार घर परिवारलाई सम्बोधन गरी केन्द्रीय सुरक्षित नागरिक आवास समन्वय समितिको मिति २०७७ असार ५ गतेको बैठकको निर्णयानुसार लाभग्राहीको संख्या निर्धारण भएको हो । जसमा कञ्चनपुर क्षेत्र नं. २ का ७ सय ६१ घरधुरी छनोट भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्