काठमाडौँ – काठमाडौँ उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा ५ जना र ललितपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा अहिलेसम्म तीनसय ४७ पुगेको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा सङ्क्रमितहरु केही विदेशबाट फर्केका र केही स्वदेश र केही स्थानीय रुपमा सङ्क्रमण भएका छन् । केही स्थानीय रुपमा सङ्क्रमण भएकाहरु शुन्य दशमलब १८ मात्र रहेको छ ।