दाङको गडवासहित बागलुङ र जुम्लामा पनि सलहको झुण्ड देखियो

काठमाडौं – दाङको गडवासहित बागलुङ र जुम्लामा पनि सलहको झुण्ड देखिएको छ । आइतबार बिहान साढे ९ बजे दाङको गडवामा बसेको सलहको एउटा ठूलो झुण्ड भारतबाट आजै नेपाल प्रवेश गरेको र अन्य दुई झुण्ड भने पहिल्यै नेपाल भित्रिएका सलह पुनः सक्रिय भएको सलह सूचना केन्द्रले जनाएको छ ।

आइतबार विहान साढे ९ बजे भारत उत्तर प्रदेशको सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलह झुण्डहरुमध्ये एउटा झूण्ड दाङ जिल्लाको गढवा गाउँपालिकाकामा बसेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए ।

नेपाल भित्रिएको सलहले कृषि बालीमा क्षति गर्न सक्ने भन्दै सतर्क रहन केन्द्रले कृषकलाई आग्रह गरेको छ । विभिन्न जिल्लामा रहेको कृषि ज्ञान केन्द्रमार्फत सलह नियन्त्रण गर्न पहल थालिएको पनि केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्