झोलुङ्गे पुलको जिल्ला भनेर परिचित बागलुङ जिल्लामा संसार भरिका पर्यटक तान्न बिश्व कै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गरिएको छ ।
कालिगण्डकी नदीमाथि बनेको १ सय ५२ मिटर अग्लो झोलुङ्गे पुल ५६७ मिटर लामो छ ।
पुल निर्माण भएपछि कुष्मा नगरपालिकाको वा. नं. १,२,३ र जलजला गाउँपालिकामा उत्पादित कृषि उपज सामग्री हरु बागलुङ बजार ल्याएर विक्रि गर्न सकिने र आवत जावतमा स्थानीयबासी हरिराम अधिकारीले बताउनु भयो ।
पुलमा २८ वटा लठ्ठा जडान गरिएको छे पुलमा कुल ९४५ स्टिलडेक बिछ्याइएको छ ।
कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टिस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एसियामा लामो मानिने भए पनि बागलुङमा वनेको पुल खुला प्रकृतिको पहिलो हो । नेपाल टेलिभिजन