म्याग्दी बाढी पहिरो अपडेट : १८ जनाको शव फेला

म्याग्दीको मालिका, धौलागिरी र रघुगंङ्गा गाउँपालिकामा भएको बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेको छ ।
प्रहरीले दिएको विवरण अनुसार हालसम्म रघुगङ्गा गाउँपालिका–६, ठाडाखानीका ५० वर्षीय नलिमान छन्त्याललाई खोलाले बगाकोमा शुक्रबारै शव फेला परेको थियो ।
त्यस्तै, धौलागिरी गाउँपालिका–६ मराङमा शनिबार यो समाचार तयार पार्दासम्म १० जनाको शव भेटिएको छ । धौलागिरी गाउँपालिका–६ मराङका सुकना लामगादे, आशिस लामगादे, आयुस लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीको छोरा प्रकाश के.सीको सव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, मालिका गाउँपालिका–७ बिममा पहिरोमा परी बेपत्ता भएकामध्ये आठ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका–७ बिमका ४० वर्षीय विष्णु पौडेल, चार वर्षीय इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, बीरबहादुर नेपाली, बीर बहादुरका तीन महिनाका छोरा, विष्णु नेपाली र सन्दीप नेपालीको मृत्यु भएको छ ।

पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरी उपचार थालिएको छ । बिहीबार रातिदेखिको वर्षातले गर्दा शुक्रबार प्रयास गर्दा नसकिए पनि शनिबार बिहान मात्रै हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्