सुदूरपश्चिमा बिहिबार थप ३५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमा थप ३५ जनामा कोरोना पुष्टि भएको बताए ।
जसमा बझाका १६ जना, कैलालीको ८ जना, अछामका ४ जना, कञ्चनपुर, बाजुरा र डोटीका २/२ जना र दार्चुलाका १ जना रहेका छन । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।