सिन्धुपाल्चाेक बाढी अपडेट : २ काे शव फेला, १९ जना बेपत्ता, १५ घर बगायो

सुशील सुवेदी, सिन्धुपाल्चाेक

गएरातीदेखि आएको अबिरल बर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ भने २ जनाकाे शव फेला परेकाे छ । बाढीले बाह्रबिसे देखि तातोपानि क्षेत्रका विभिन्न ठाँउमा क्षति पुर्याएकोे छ । अविरल वर्षाको कारण वाह्रविसे नगरपालिकाको जम्वुका ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर वगाएको र १९ जना व्यक्ति सम्पर्क विहिन भएका छन ।
वर्षाले कति क्षति भयो भन्ने एकिन हुन सकेको छैन । वाह्रविसेको खोसानीवारी भन्दा माथितिर जान सकिराको छैन । टेलिफोन समेत अवरुद्ध भएको छ । निरन्तर पानी परिरहेको र पहिरोहरु जानेक्रम रोकिएको छैन । भोटेकोसी नदिको वहाव वढ्नाले आसपासका नागरिकहरु त्रसित वनेका छन ।

बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति पु¥याएको छ । जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । सबैभन्दा बढी सोही स्थानमा मानवीय क्षति भएको हो । प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले उद्दारका लागि सबैतिर समन्वय भइरहेकाे बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्