रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै अब चुप लागेर नबस्ने यातायात व्यवसायीहरुकाे चेतावनी

सरकारले कि काम दिन पर्यो कि माम होइन भने मजदुरको झण्डा लिएर आन्दोलनमा जानुको विकल्प छैन’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने ।
यातायात मजदुरले गाडी चलाउनुपर्ने आवाज उठाउन थालेपछि समितिले बुधबार मजदुर प्रतिनिधिसँग छलफल गरेको थियो । यातायात मजदुरले सार्वजनिक यातायातका साधन सञ्चालन नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

छलफलमा भीमज्वाला राईसहितका करिब १५ जना यातायात मजदुर नेताहरु सहभागी थिए । उनीहरुले रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै अब चुप लागेर नबस्ने चेतावनी पनि दिए ।

लकडाउनको अवधिको बैंकको ब्याज र सरकारले लिने कर मिनाहा हुनुपर्ने, चिकित्सकसरह यातायात मजदुर (चालक र सहचालक) लाई कोरोना बिमा, स्वास्थ्य सामग्री दिनुपर्ने, नयाँ भाडादर निर्धारण गर्नुपर्ने, विद्यार्थी र बृद्धबृद्धालाई दिँदै आएको भाडा छुट रोक्नुपर्ने उनीहरुको माग छ ।
सार्वजनिक यातायात नचल्दा ११ लाख मजदुर बेरोजगार भएका छन् । समिति सभापति कल्याणी कुमारी खड्काले सम्बन्धित मन्त्रालय र सरोकारवालासँग बृहत छलफल गरेर सार्वजनिक यातायात सञ्चालनका सन्दर्भमा समितिले निर्णय लिने बताएकी छन् ।
विकास तथा प्रविधि समितिले ट्याक्सी सेवा सञ्चालन गर्न भने सरकारलाई निर्देशन दिएको छ । यातायात मजदुर नेताहरुसँग छलफल गर्दै समितिले विश्व स्वास्थ्य संगठन र कोभिड–१९ क्राइसिस मेनेजमेण्ट कमिटी (सीएमसी) ले बनाएको मापदण्डअनुसार ट्याक्सी सेवा खुला गर्न सरकारलाई निर्देशन दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्